दफा ६२१
लिज करार अन्त्य गर्न सकिने

(१) देहायका कुनै अवस्थामा लिज दाताले लिज करार अन्त्य गर्न सक्नेछ:-
(क) लिजदाताले अन्यथा अनुमति दिएकोमा बाहेक लिजप्राप्तकर्ताले लिजबहाल भुक्तानी गर्नु पर्ने दिन व्यतित भएकोनब्बे दिनसम्म लिजबहाल रकम भुक्तान नगरेमा,
(ख) लिज प्राप्तकर्ताले दफा ६१२ विपरीत लिजमा लिएको वस्तुको भोगचलन वा प्रयोग गरेमा,
(ग) लिजप्राप्तकर्ताले दफा ६१४ को उपदफा (१) बमोजिमका विषयमा जानकारी नगराएमा वा नदिएमा,
(घ) लिजप्राप्तकर्ताले दफा ६१५ को उपदफा (२) बमोजिम लिजमा लिएको वस्तुको प्रकृति अनुसार मनासिब समयभित्रपूर्वावस्थामा नल्याएमा,
(ङ) लिज दाताको पूर्वस्वीकृति बिना दोस्रो लिजमा दिएमा ।
(२) देहायका कुनै अवस्थामा लिजप्राप्तकर्ताले लिज करार अन्त्य गर्न सक्नेछ:-
(क) लिजमा लिएको वस्तु जुन प्रयोजन वा उद्देश्यको लागि लिएको हो सो प्रयोजन वा उद्देश्यका लागि भोगचलन वाप्रयोग गर्न नसकिने भएमा,
(ख) लिज दाताले दफा ६१३ को उपदफा (३) बमोजिम मर्मत सम्भारको रकम सोधभर्ना वा लिज बहालमा समायोजन नगरेमा,
(ग) लिज दाताले दफा ६१४ को उपदफा (३) वा दफा ६१५ को उपदफा (४) बमोजिम लिजबहाल रकम नघटाएमा वा घटाउन मञ्जुरनगरेमा ।